साउनको अन्तिम सोमबार यस्तो देखियो पशुपतिनाथ [तस्बिरहरू]
सोमबारको उपवासले मानिसको इच्छा अनि आकांक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।![साउनको अन्तिम सोमबार यस्तो देखियो पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1723444679.jpg)
काठमाडौं, साउन २८ : आज साउनको अन्तिम सोमबार। पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ। आज साउनको चौथो अर्थात अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकांक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।
पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोले दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ। साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ।













-1723444436.jpg)













