Kathmandu Press

विदेश जाने मात्र होइन, फर्किँनेको संख्या पनि उच्च छ : उपमेयर डंगोल

‘धेरै जना युवाहरू उच्च शिक्षाको  लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो  समय यो सपना युवाको मात्र होइन् एउटा परिवार, समाजको पनि सपना भइसकेको छ । त्यसैले यसलाई हामीले रोक्न जरुरी छ,’ उनले भनिन्।
विदेश जाने मात्र होइन, फर्किँनेको संख्या पनि उच्च छ : उपमेयर डंगोल
फाइल तस्बिर।

काठमाडौं, साउन २८ : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेशबाट फर्किनेको संख्या पनि उत्तिकै बढेको बताएकी छन्।

सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन्।

Hardik ivf

‘विदेशिने युवाहरुको जमात बढ्दो छ। सँगसँगै विदेशबाट स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो छ,’ उनले भनिन्, ‘युवाहरू विदेशबाट फर्किँदा पूँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन्।’

उनले युवाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताइन्। उनले युवाहरुको  लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताइन्। उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन्।

‘धेरै जना युवाहरू उच्च शिक्षाको  लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो  समय यो सपना युवाको मात्र होइन् एउटा परिवार, समाजको पनि सपना भइसकेको छ। त्यसैले यसलाई हामीले रोक्न जरुरी छ,’ उनले भनिन्।

उनले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न सम्पूर्ण युवाहरू आफ्नो क्षेत्रबाट कुनै आग्रहरपूर्वाग्रह नराखी एकजुट भएर अघि बढ्नुपर्ने बताइन्।

युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरूको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने भन्दै उपमेयर डंगोलले साझा मूल्यहरूलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित मिति: १२:०४ बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्