Kathmandu Press

सकियो पेरिस ओलम्पिक, अमेरिका ४० स्वर्णसहित शीर्ष स्थानमा

अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित कुल १२६ पदक जित्यो। टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो।
सकियो पेरिस ओलम्पिक, अमेरिका ४० स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौ, साउन २८ : पेरिस ओलम्पिक २०२४ सकिएको छ। जुलाई २६ बाट औपचारिक रुपमा सुरु भएको ओलम्पिक आइतबार रातिबाट सकिएको हो। 

अमेरिका र चीनले समान ४० स्वर्ण पदक जिते। तर, सर्वाधिक पदक जितेको आधारमा अमेरिका शीर्ष स्थानमा रहँदा चीन दोस्रो स्थानमा रह्यो।

अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित कुल १२६ पदक जित्यो। टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो।

Hardik ivf

४० स्वर्ण पदकसहित नै चीन चीन दोस्रो स्थानमा छ। उसले २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ। प्रतियोगिताको अन्तिम दिन हिजो १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो।

अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ। उसले २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो। अस्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेर चौथो स्थानमा रह्यो। 

आयोजक फ्रान्स पाँचौँ स्थानमा रह्यो। कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ। 

पेरिस ओलम्पिक २०२४ मा सहभागी २०६ मध्ये ६२ देशले स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन्।
पेरिस ओलम्पिकमा नेपालबाट सहभागी सात खेलाडीमध्ये पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडीको प्रदर्शन निराशाजनक रह्यो।

टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका हुन्। 

महिला म्याराथनमा सन्तोषी श्रेष्ठले ७९ औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन् । ३३ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा गएराति भएको छ।

प्रकाशित मिति: ११:१८ बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्