Kathmandu Press

चन्दननाथ नगरपालिकामा आवतजावत  रोक्न झोलुङ्गे पुलमा काँढेतार

जुम्ला, चैत २७ : जुम्लाको चन्दननाथ नगरपालिका १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न काँढेतार लगाइएको छ। कोभ....

चन्दननाथ नगरपालिकामा आवतजावत  रोक्न झोलुङ्गे पुलमा काँढेतार
Hardik ivf

जुम्ला, चैत २७ : जुम्लाको चन्दननाथ नगरपालिका १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न काँढेतार लगाइएको छ। कोभिड–१९ मुलुकमा फैलिन नदिन सरकारले लगाएको लकडाउन प्रभावकारी कार्यान्वयन नभएपछि सो वडाका युवाले सीमा जोड्ने पुलमै काँढेतारको बार लगाएका हुन्।

रोग फैलन नदिन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएको छ। तर यहाँका सबै ग्रामीण भेगमा यसको कुनै असर परेको छैन।

जुम्लामा भारतबाट आएका धेरै मानिस गाउँमा निस्फिक्री घुमिरहेका छन्। भारतबाट आएका नौ जनाको स्वास्थ्य जाँच गर्दा कोरोना नेगेटिभ देखिएको छ। अहिलेसम्म जिल्लामा कुनै व्यक्तिलाई  कोरोना संक्रमण देखिसकेको छैन। भारत तथा तेस्रो मुलुकबाट यहाँ आएका  ३२४ जनाको मंगलबार कोभिड –१९ को नमूना संकलन गरेर नेपाली सेनाको स्काई ट्रयाकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए।

प्रकाशित मिति: १४:०२ बजे, बिहीबार, चैत २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्