पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा रु १५ लाख बराबरको क्षति पुगको बताए ।बैतडी, साउन २८ : वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा रु १५ लाख बराबरको क्षति पुगको बताए । पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेका जनाइएको छ ।
डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले पहिरोपीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनःस्थापनाका काम गरिने बताए।
यसैबीच वर्षात्का समयमा विपद्का घटना हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: १०:३८ बजे, सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नबन्दा स्थानीयलाई सास्तीसोमबार, मंसिर १०, २०८१
सरकारी वकिल कार्यालयले यसकारण चलाएन कोशी सांसद अधिकारीविरूद्ध मुद्दासोमबार, मंसिर १०, २०८१
सिंहदरबारको बैठकमा प्रधानमन्त्री ओलीले भने- चीन भ्रमणमा ऋणसम्बन्धी कुनैपनि सम्झौता हुँदैनसोमबार, मंसिर १०, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१