अवैतनिक दूतको गाडी प्रयोग गरेर कालोबजारी गरेपछि कूटनीतिक नम्बरप्लेट र झन्डा खोसियो
काठमाडौं, चैत २७ : शंकर ग्रुपका मालिक सुलभ अग्रवालले कालोबजारी गर्ने क्रममा अवैतनिक दुतको गाडी प्रयोग गरेपछि परराष्ट्र मन्त्रालयले नेपालस्थित विभिन्न ....

काठमाडौं, चैत २७ : शंकर ग्रुपका मालिक सुलभ अग्रवालले कालोबजारी गर्ने क्रममा अवैतनिक दुतको गाडी प्रयोग गरेपछि परराष्ट्र मन्त्रालयले नेपालस्थित विभिन्न देशका अवैतनिक दूतलाई दिएको निलो नम्बरप्लेट र झन्डा राख्ने सुविधा हटाएको छ ।
नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत रहेका अग्रवालले निलो नम्बरप्लेट भएको गाडी प्रयोग गरी स्वास्थ्य सामग्रीको कालोबजारी गरेका थिए। भियना महासन्धिअनुसार कुटनितीक नम्बर प्लेट भएको गाडी भित्र चेकजाँच गर्न पाइदैन। अग्रवालले त्यसैको फाइदा उठाउँदै कालो बजारी गरेको प्रहरीले जनाएको छ।
नेपालमा अधिकांश व्यापारिहरु विभिन्न देशका अवैतनिक महावाणिज्यदूत रहेकाले उनीहरूलाई परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले निलो नम्बरप्लेट उपलब्ध गराउँदै आएको थियो।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
