यस्ता छन्, स्वास्थ्य मन्त्रीका प्राथमिकता तथा कार्ययोजना
पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पार्नु परेका हुन्।काठमाडौं, साउन २७ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्ना प्राथमिकता विषय तथा कार्ययोजना सार्वजनिक गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरु र गर्ने कार्यक्रमहरुका विषयहरु सार्वजनिक गरेका हुन्।
पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पार्नु परेका हुन्।
कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्दै सुझाव संकलन गरेका थिए। मन्त्री पौडेलले पूर्वस्वास्थ्यमन्त्रीहरु, पूर्वस्वास्थ्य सचिव, पूर्वमहानिर्देशकहरु, पूर्व महाशाखा प्रमुखहरू लगायत स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियकाहरुका प्रतिनिधहरूसँग छलफल गर्दै सुझाव लिएका थिए।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थिए। यसरी संकलन गरेका सुझावका आधारमा नै मन्त्री पौडेलले प्राथमिकताका विषयहरू तथा कार्ययोजना तयार पारेका हुन्।