Kathmandu Press

पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न प्रेश यूनियनको आग्रह

युनियनको केन्द्रीय कार्यसम्पादन समिति बैठकले क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध संस्थालाई समेटेर पत्रकार महासंघको निर्वाचनमा नेतृत्वदायी भूमिका लिएर अघि बढ्ने निर्णय पनि गरेको छ।
पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न प्रेश यूनियनको आग्रह

काठमाडौं, साउन २७ : नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न आग्रह गरेको छ। यूनियका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा धुलीखेलमा बसेको प्रेस युनियन केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त आग्रह गरेको हो। 

‘नेपाल पत्रकार महासंघको निर्वाचनमा देखिएको ढिलाइप्रति नेपाल प्रेस युनियनको गम्भीर चासो रहेको छ। सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न युनियन आग्रह गर्दछ,’ बैठकपछि महासचिव दिपीप पौडेललेजारी गरेको विज्ञप्तिमा भनिएको छ।

Hardik ivf

युनियनको केन्द्रीय कार्यसम्पादन समिति बैठकले क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध संस्थालाई समेटेर पत्रकार महासंघको निर्वाचनमा नेतृत्वदायी भूमिका लिएर अघि बढ्ने निर्णय पनि गरेको छ। बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्थाअनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय पनि गरेको छ। 

यस्तै, पत्रकार र पत्रकारिता क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न ‘नयाँ पत्रकारसँग प्रेस युनियन अभियान’ सञ्चालन गर्ने निर्णय समेत भएको छ। प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण मूल्यांकन न्यायोचित नभएको र विभेदपूर्ण रहेको ठहर युनियनले गरेको ठहर छ। 

राज्यले संरक्षण गर्नुपर्ने दायित्व रहेकोमा पत्रिकाको वर्गीकरण गर्दा ‘वर्ग’ घटाएर सार्वजनिक गरेको नतिजाका त्रुटि सच्याई आवश्यक प्रक्रिया पु¥याएर न्यायोचित रूपमा पुनः नतिजा सार्वजनिक गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरिएको छ। 
युनियनको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सञ्चारमाध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्