Kathmandu Press

झापामा भरुवा बन्दुकसहित तीन पक्राउ 

सोही क्रममा छिरिङसहित अर्जुनधारा नगररपालिका वडा नं. ४ बस्ने करिब १९ वर्षीय आदित्य लिम्बु र सोही स्थानका २१ वर्षीय निखिल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
झापामा भरुवा बन्दुकसहित तीन पक्राउ 

झापा, साउन २७ : झापामा अवैध रुपमा लुकाइ राखिएको भरुवा वन्दुक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

अर्जुनधारा नगरपालिका वडा नं. ४ देवान चोक निवासी २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको हो।

Hardik ivf

शनिबार राति अर्जुनधारा ७ मिल डाँडास्थित इन्दिरा अधिकारीको किराना पसलमा चोरी भएको थियो। उक्त घटनापछि पीडितको जाहेरीका आधारमा प्रहरी चौकी शनिश्चरेले व्यापक खोजतलास शुरु गरेको थियो। 

सोही क्रममा छिरिङसहित अर्जुनधारा नगररपालिका वडा नं. ४ बस्ने करिब १९ वर्षीय आदित्य लिम्बु र सोही स्थानका २१ वर्षीय निखिल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले भरुवा बन्दुकसहित पसल चोरी गर्न प्रयोग गरिएको विभिन्न घरेलु हतियार समेत बरादम गरेको थियो। 

अभियुक्त तीनै जनालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, साउन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्