अमरिकाले जित्यो ओलम्पिक महिला फुटबलको स्वर्ण
शनिबार राति भएको फाइलनमा ब्राजिललाई १–० ले हराउँदै अमेरिकाले १२ वर्षपछि स्वर्ण जितेको हो।काठमाडाैं, साउन २७ : पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ।
शनिबार राति भएको फाइलनमा ब्राजिललाई १–० ले हराउँदै अमेरिकाले १२ वर्षपछि स्वर्ण जितेको हो।
गोलरहित बराबरीमा सकिएको खेलको पहिलो हाफमा ब्राजिल पूर्णरुपमा हावी थियो। तर, दोस्रो हाफमा भने अमेरिकाले उत्कृष्ट खेल खेलेको थियो। ५७औं मिनेटमा मालोरी स्वान्सनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन्।
त्यसपछि गोल नहुँदा अमेरिकाले विजयी भयो। यो अमेरिकाको पाँचौं स्वर्ण हो। यसअघि उसले सन् १९९६, २००४, २००८ र २०१२ स्वर्ण जितेको थियो।
यता, ब्राजिल भने तेस्रो पटक फाइलन पुगेर पनि स्वर्ण जित्न असफल भयो। यसअघि २००४ र २००८ पनि ब्राजिल अमेरिकासँगै पराजित भएको थियो।
प्रकाशित मिति: १२:५१ बजे, आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश आइतबार, मंसिर ९, २०८१
मृत्युपश्चात अंग दान गर्नेको परिवारले अब २ लाख पाउने आइतबार, मंसिर ९, २०८१
कोहली र जैसवालको शतकमा भारत बलियो, अस्ट्रेलिया ५२१ रनलेपछिआइतबार, मंसिर ९, २०८१
लामिछानेलाई पुनः १५ दिन थुनामा राख्न अनुमतिआइतबार, मंसिर ९, २०८१