कोरोनाले ऐतिहासिक जात्रा रोकिए, देवीदेवतालाई बाहिर ननिकालिने
काठमाडौं, चैत २७ : कोरोना भाइरसको असर ऐतिहासिक जात्रामा पनि परेको छ। भक्तपुरको ऐतिहासिक बिस्कासहित दर्जन जात्रालाई पूजापाठमै सिमित गरिएको छ भने देवीदे....

काठमाडौं, चैत २७ : कोरोना भाइरसको असर ऐतिहासिक जात्रामा पनि परेको छ। भक्तपुरको ऐतिहासिक बिस्कासहित दर्जन जात्रालाई पूजापाठमै सिमित गरिएको छ भने देवीदेवतालाई पनि बाहिर ननिकालिने भएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले यस वर्षको बिस्कालगायतका जात्रालाई औपचारिकतामा मात्रै सिमित गर्ने निर्णय गरेको छ। भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले जात्रामा पूजापाठ मात्रै गर्ने र देवीदेवतालाई बाहिर ननिकाल्ने निर्णय गरेको हो।
कोरोना फैलन नदिन देशभर लकडाउन गरिएको छ। वैशाख ३ गतेसम्म गरिएको लकडाउनका कारण जनजीवन प्रभावित भएको छ। यस्तो वेला जात्रा गर्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको हो।
जसले गर्दा ऐतिहासिक बिस्कालगायतका जात्रामा पूजापाठ मात्रै गर्ने निर्णय गरिएको मेयर प्रजापतीले बताए। भक्तपुरमा बिस्कालगायत भैरवनाथ जात्रा, लिङ्गो उभ्याउने, टोलटोलमा ब्रह्मयणी, माहेश्वरी, इन्द्रायणी, छुमा गणेश, बाराही जात्रालगायतका थुप्रै जात्रा मनाउने गरिएको छ। तिसबै जात्रा नहुने भएका हुन्।
त्यस्तै, जात्राहरुमा देवीदेवतालाई पनि बाहिर निकाल्ने गरिएको थियो। यसपटक भने देवीदेवतालाई बाहिर ननिकाली देवता घर (द्योछें)मै सामान्य पूजाआजामा मात्रै सिमित राख्ने निर्णय भएको मयर प्रजापतीले बताए।
बैठकमा भक्तपुरका प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न गुठीका नाइके तथा प्रतिनिधिखहरु सहभागी रहेका थिए।












-(86)-1764936079.jpg)