Kathmandu Press

बाँकेमा बालिका बलात्कारको अभियोगमा एक युवा पक्राउ

बाँके, चैत २७ : बाँकेको कोहलपुरमा बालिका बलात्कारको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा ....

बाँकेमा बालिका बलात्कारको अभियोगमा एक युवा पक्राउ

बाँके, चैत २७ : बाँकेको कोहलपुरमा बालिका बलात्कारको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर –११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

गत आइतबार साँझ कोही नभएका समयमा घोराही – ६ घर भई कोहलपुर, एकता नगर बस्दै आएका  १९ वर्षीय अङ्कित गिरीले बालिकालाई काम छ भन्दै मल्लका घरमा बोलाएर दुवै जनाले बलात्कार गरेको पीडितले सोमबार प्रहरीसमक्ष दिएको थिइन्। अभियुक्त गिरी भने फरार रहेको प्रहरीले जनाएको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, चैत २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्