Kathmandu Press

‘नेपाल लायन्स डे’मा रक्तदान

शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजित समारोहमा लायन्स इन्टरनेशनल एमडी ३२५ डिष्ट्रिक गर्भनर लायन्स सुरेन्द्र प्रकाश वलायेले विशेष सम्बोधन गर्दै परोपकारी कार्यमा सरिक भएकोमा सबैलाई धन्यवाद दिए।
‘नेपाल लायन्स डे’मा रक्तदान

काठमाडौं, साउन २५ : ‘नेपाल लायन्स डे’ को अवसर पारेर लायन्स क्लव अफ काठमाडौंले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा २२ जनाले रगत दान गरेका थिए।

शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजित समारोहमा लायन्स इन्टरनेशनल एमडी ३२५ डिष्ट्रिक गर्भनर लायन्स सुरेन्द्र प्रकाश वलायेले विशेष सम्बोधन गर्दै परोपकारी कार्यमा सरिक भएकोमा सबैलाई धन्यवाद दिए।

समारोहमा लायन्स क्लव अफ काठमाडौंका अध्यक्ष लायन्स गोविन्द प्रसाद गौतम, पूर्वअध्यक्ष लायन्स एमडी अग्रवाल, लायन्स नरेश खड्कालगायतले रक्तदाताहरुलाई धन्यवाद दिए। उनीहरुले नेपालमा लायन्स क्लबहरुको परोपकारी कामहरुका बारेमा प्रष्ट पारेका थिए।

कान्तिपुर अस्पतालको कान्तिपुर ब्लड ट्रान्सफ्यूसन सर्भिसको मेडिकल सर्पोटमा आयोजित कार्यक्रममा लियो क्लब अफ काठमाडौं मीनभवन र लियो क्लव अफ काठमाडौं किस्टले सहकार्य गरेका थिए।

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्