बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, चैत्र २७ : बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बहराइनको नेपाली दूतावासले एक बिज्ञप्ति जारी गर्दै थप १....

काठमाडौं, चैत्र २७ : बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बहराइनको नेपाली दूतावासले एक बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।
५२ हजार ३५१ जनाको कोरोना परीक्षण गरिएकोमामा ३४९ जनामा संक्रमण देखिएको दुतावासले जनाएको छ ।
जसमा १० जना नेपालीमा संक्रमण देखिएको जनाउँदै योसँगै कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको जनाएको छ ।
दूतावासले बहराइनमा रहेका नेपालीहरुलाई सुरक्षित रहन समेत अपिल समेत गरेको छ ।

प्रकाशित मिति: ०८:०४ बजे, बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











