काभा महिला भलिवल उपविजेता टोलीलाई महानगरको सम्मान
महानगरले खेलाडीलाई जनही १ लाख, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।काठमाडाैं, साउन २४ : काभा महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई काठमाडौंमा महागरपालिकाले नगदसहित सम्मान गरेको छ। बिहीबार एक कार्यक्रम गर्दै काठमाडौैं महानगरले खेलाडी, प्रशिक्षक, व्यवस्थापकसहित नेपाली महिला भलिबल टिमलाई सम्मान गरेको हो।
महानगरले खेलाडीलाई जनही १ लाख, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।
बुधबार साँझ भएको फाइनलमा नेपाली टिम भारतसँग ३–२ सेटमा पराजित भएपछि उपविजेता बनेको थियो। फाइलन हेर्न मेयर बालेन साह र उपमेयर सुनिता डंगोल पनि कभर्डहल पुगेका थिए।
खेलाडीहरूलाई सम्मान गर्दै मेयर बालेनले खेल विकासका लागि थप काम गर्न सरकारी संयन्त्रलाई आग्रह गरे। उनले नेपाली खेलाडीहरुको प्रसंशा पनि गरे।
‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो, खेलमा कुनै कमजोरी थिएन। खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थिया । यसकारण, तपाईँहरुको प्रदर्शनले भलिवल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ,’ बालेनले भने।
उनले खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए।
‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ,’ उलने भने, ‘यो विषय छुटेको महसुस गराएको छ, यसमा हामी काम गर्नेछौं।’
यस्तै, उपमेयरसुनिता डगोलले उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन्।
मुख्य प्रशिक्षक भट्टले महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एसियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको बताए।