Kathmandu Press

मानव अधिकार समितिद्वारा टिआरसी विधेयक सर्वसम्मतिले पारित

समितिका पदाधिकारीवच भएको छलफलपछि समितिले सर्वसम्मतरूपमा पारित गरेपछि अब उक्त प्रतिवेदन प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्ने बाटो खुलेको छ।
मानव अधिकार समितिद्वारा टिआरसी विधेयक सर्वसम्मतिले पारित
फाइल तस्बिर।

काठमाडौं, साउन २४ : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रतिवेदन पारित गरेको हो। समितिका पदाधिकारीवच भएको छलफलपछि समितिले सर्वसम्मतरूपमा पारित गरेपछि अब उक्त प्रतिवेदन प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्ने बाटो खुलेको छ।

गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकको नेतृत्वमा बनाइएको कार्यदलले बुधबार शिर्ष नेतालाई प्रतिवेदन बुझाएको थियो।

विधेयकमा रहेको मानव अधिकारको गम्भीर उल्लंघनको बिषय, मेलमिलापको लागि स्वतन्त्र सहमति हुन नसकेका घटनाको कारबाही प्रक्रिया, सशस्त्र द्वन्द्वमा जोडिएका तथा प्रभावित व्यक्ति÷परिवारले पाउने परिपूरण र घटी सजायको मागदाबीका विषय लगायतमा विवाद लम्बिएको थियो ।

 

प्रकाशित मिति: १५:०० बजे, बिहीबार, साउन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्