Kathmandu Press

कोरोना कहर : विश्वभर करिब साढे ८८ हजारको मृत्यु, १५ लाख वढी संक्रमित 

काठमाडौं, चैत्र २७ : कोरोना भाइरस बाट विश्वभर ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ८८ हजार ४४२ जनाक....

कोरोना कहर : विश्वभर करिब साढे ८८ हजारको मृत्यु, १५ लाख वढी संक्रमित 

काठमाडौं, चैत्र २७ : कोरोना भाइरस बाट विश्वभर ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ८८ हजार ४४२ जनाको ज्यान गइसकेको छ ।

सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७७५ तथा स्पेनमा १४ हजार ७९२ जनाको मृत्यु भएको छ । फ्रान्समा १० हजार ८६९ को कोरोनाका कारण ज्यान गइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाको संक्रमण १५ लाख १७ हजार ११० जनामा देखिइसकेको छ । नेपालमा अहिलेसम्म ९ जनाको कोरोनाको संक्रमण देखिएकोमा एक जना उपचारपछि स्वस्थ्य भइसकेका छन् ।

बाँकी ८ जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: ०७:२२ बजे, बिहीबार, चैत २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्