Kathmandu Press

भारतसँगको विद्युत व्यापार सम्झौता विवादमा सर्वोच्चमा सुनुवाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दायर भएको थियो। २०८० पुस १९ गते नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधान र देशको हितविपरीत रहेको दाबी रिटमा गरिएको छ।
भारतसँगको विद्युत व्यापार सम्झौता विवादमा सर्वोच्चमा सुनुवाइ

काठमाडौं, साउन २४ : भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध दायर भएको रिटमा विहीबार सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ।

सर्वोच्चका न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्माको पूर्ण इजलासमा रिटमाथि सुनुवाइ शुरु भएको हो।

Hardik ivf

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दायर भएको थियो। २०८० पुस १९ गते नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधान र देशको हितविपरीत रहेको दाबी रिटमा गरिएको छ।

उपाध्यायले सन्धि ऐन, २०४७ को दफा ३ अन्तर्गत पूर्णाधिकार प्राप्त नगरी भारतसँग विद्युत व्यापार सम्झौता गरिएको दाबीसहित रिटमा खारेज गर्न माग गरिएको छ।

यसअघि भएको सुनुवाईमा न्यायाधीशद्वय डा.कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो।

प्रकाशित मिति: १४:१८ बजे, बिहीबार, साउन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्