Kathmandu Press

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को वरीयता हेरफेर

राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को वरीयता हेरफेर

काठमाडौं, साउन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस अनुरुप राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को वरीयता हेरफेर गरेका छन्।

राष्ट्रपति पौडेलले विहीबार मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन्।

राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

वरीयता हेरफेरमा १६ औं स्थानका मन्त्री बद्री पाण्डे १४ नम्बरमा उक्लिएका छन्। स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई १६ औं स्थानमा राखिएको छ। मन्त्री पाण्डे कांग्रेसका सहमहामन्त्री समेत हुन्।

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, साउन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्