पर्यटनमन्त्री भन्छन्– हवाइ सुरक्षामा समग्र प्रणालीमाथि नै अध्ययन हुन्छ
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा मन्त्री पाण्डेले हवाइ दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताए।काठमाडौं, साउन २४ : हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बताएका छन्।
बिहीबार भएको प्रधानमन्त्रीसँग छलफलपछि मन्त्री पाण्डेले समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने बताएका हुन्।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा मन्त्री पाण्डेले हवाइ दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताए।
हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने बताए। विगतमा पनि अनुसन्धान हुने, प्रतिवेदन बुझाउने तर दुर्घटना भइरहने समस्या देखिएको भन्दै मन्त्री पाण्डेले त्यस्तो अवस्था अब अन्त्य गर्नुपर्ने बताए।
प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीशका लागि सर्वोच्चका ८ न्यायाधीशको नाम संवैधानिक परिषदमाआइतबार, भदौ २३, २०८१
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोडआइतबार, भदौ २३, २०८१
कांग्रेसका लुम्बिनी प्रदेश सांसद केसी जेल चलानआइतबार, भदौ २३, २०८१
मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे आइतबार, भदौ २३, २०८१