Kathmandu Press

६ वटा संसदीय समितिका बैठक बस्दै

संघीय संसद सचिवालयका अनुसार बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो।
६ वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं, साउन २४ : संघीय संसद अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दैछन्।

संघीय संसद सचिवालयका अनुसार बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो।

अर्थसमितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यक्रम छ।

Hardik ivf

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा पुरातात्विक महत्वका सम्पदाहरूको अवस्था र ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ। सिंहदरबारमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम छ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा वर्षायाममा डेंगु, हैजा लगायतका सरुवा रोग सङ्क्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

प्रकाशित मिति: ०९:२४ बजे, बिहीबार, साउन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्