कांग्रेस केन्द्रीय समिति आज पनि बस्ने
बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ गतेसम्म सञ्चाल गर्ने प्रस्ताव, भ्रातृ संगठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ।
काठमाडौं, साउन २४ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ।
बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो।
बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ गतेसम्म सञ्चाल गर्ने प्रस्ताव, भ्रातृ संगठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ।
प्रकाशित मिति: ०८:४० बजे, बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार