Kathmandu Press

बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल

केन्द्रीय कार्यसमितिको बैठकले बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमका विषयमा समीक्षा गर्दै त्यहाँका नागरिकको भावनाबमोजिम शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रक्रिया सुचारु ढंगले अघि बढ्नेमा विश्वास व्यक्त गरेको छ।
बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल

काठमाडौं, साउन २३ : सत्तारुढ दल नेपाली कांग्रेसले बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन तदारुकता राख्न सरकारसँग अपिल गरेको छ।

बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमका विषयमा समीक्षा गर्दै त्यहाँका नागरिकको भावनाबमोजिम शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रक्रिया सुचारु ढंगले अघि बढ्नेमा विश्वास व्यक्त गरेको छ।

बैठकले त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन सरकारले थप तदारुकता राख्ने विश्वास समेत व्यक्त गरेको छ।

‘बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढंगले अघि बढ्ने विश्वास लिएको छ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास बैठकले लिएको छ।’

 

प्रकाशित मिति: २०:५७ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्