साउदीमा चार नेपालीमा भेटियो कोरोनाको संक्रमण
काठमाडाैं, चैत २६ : कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन्।
हालसम....

काठमाडाैं, चैत २६ : कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन्।
हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ। अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गइसकेको छ। १०० भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको सङ्क्रमणमा परेका छन्।
नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ। सङ्क्रमण भएकामध्ये तीन जना निको भई काममा फर्किएका रियादस्थित नेपाली दूतावासले जनाएको छ। अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
निको भएर काममा फर्किएका नेपालीसँग नियमित सम्पर्कमा रहिरहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार उनीहरुबाहेक थप नेपालीमा कोरोना सङ्क्रमण भएको जानकारी प्राप्त भएको छैन । साउदी अधिकारीहरुले जारी गरेको तथ्याङ्कअनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार ९३२ पुगेको दूतावासले जानकारी दिएको छ। साउदीले कोरोनाको सङ्क्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ।
दूतावासले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ। रासस










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
