Kathmandu Press

स्वास्थ्य सामग्री आपूर्तिमा मेरो हात छैन : स्वराज

काठमाडौं, चैत २६ : उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलका छोरा स्वराजले कोरोनाभाइरस रोकथामका लागि चीनबाट खरिद गरिएका मेडिकल सामाग्रीमा विवादमा परेक....

स्वास्थ्य सामग्री आपूर्तिमा मेरो हात छैन : स्वराज

काठमाडौं, चैत २६ : उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलका छोरा स्वराजले कोरोनाभाइरस रोकथामका लागि चीनबाट खरिद गरिएका मेडिकल सामाग्रीमा विवादमा परेको ओम्नी समुहसँग आफ्नो कुनै सम्वन्ध नरहेका बताएका छन्। 

काठमाडौं प्रेसले एक हप्ता अघि 'महँगो स्वास्थ्य सामाग्री खरिदमा उपप्रधानमन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता' भन्ने समाचार छापेको थियो। उक्त समाचारमाथि लिखित खण्डन पत्र पठाउँदै स्वराजले भनेका छन्, '..उक्त कम्पनीलाई  ठेक्का दिलाउने प्रक्रियामा उपप्रधानमन्त्रीका कान्छा छोरा स्वराज र प्रधानमन्त्रीका सल्लाहकारका छोरा क्षितिजको संलग्नता भन्ने प्रकाशित समाचारमा कुनै सत्यता छैन। म उपप्रधानमन्त्रीको छोरो स्वराज ओम्नी समुहको शेयरहोल्डर पनि होईन र ठेक्का दिलाउनमा हाम्रो कुनै भूमिका पनि छैन।' उनले समाचारमा आफ्नो फोटो प्रयोग गरेकोमा पनि आपत्ती जनाएका छन्। 

(नोट : यसअघि प्रकाशित समाचारमा उल्लेख भएको स्रोतप्रति हामी विश्वस्त छौ)

प्रकाशित मिति: २१:१५ बजे, बुधबार, चैत २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्