कोरोना रोकथामको स्वास्थ्य सामाग्री खरिदका लागि सेनाले पाँच मुलुकमा पत्र लेख्यो
काठमाडौं, चैत २६ : नेपाली सेनाले कोरोनाभाइरस रोकथामका लागि अत्यावस्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि विभिन्न पाँच देशलाई पत्राचार गरेको छ।
काठमाडौं, चैत २६ : नेपाली सेनाले कोरोनाभाइरस रोकथामका लागि अत्यावस्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि विभिन्न पाँच देशलाई पत्राचार गरेको छ।
बुधबार जिटूजी मोडलमा सामान खरिद गर्नका लागि सेनाले चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई पत्राचार गरेको हो।
सेनाले बुधबार पाँचवटा देशमा सरकारले सिफारिस गरेका सामाग्रीहरु खरिदका लागि पत्रचार गरेका बताएको छ।
यसअघि स्वास्थ्य मन्त्रालयले खरिद गरेको स्वास्थ्य सामाग्री सात गुणा महँगो भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले उक्त प्रक्रिया खारेज गरेको थियो। सरकारले सेना मार्फत उक्त सामाग्री खरिद गर्ने निर्णय गरेपछि सेनाले प्रक्रिया अघि बढाएको हो।
प्रकाशित मिति: १९:३४ बजे, बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











