Kathmandu Press

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

सोमबारको प्रदेश सभा बैठकमा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिए भने विपक्षमा १४ मत परेको छ।
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

सुर्खेत, साउन २१ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।

सोमबारको प्रदेश सभा बैठकमा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिए भने विपक्षमा १४ मत परेको छ।

४० सदस्यीय प्रदेश सभामा सोमबारको बैठकमा ३७ सांसद उपस्थित थिए। माओवादीका १३ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिएनन्।

गत साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन्।

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्