Kathmandu Press

‘बुलाकी’ ट्रेलर सार्वजनिक

सोमबार बानेश्वरस्थित आइप्लेक्स मलमा उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको हो।
‘बुलाकी’ ट्रेलर सार्वजनिक

काठमाडौं साउन २१ : साउन ३२ गतेदेखि पुनः प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को टे«लर सार्वजनिक भएको छ। सोमबार बानेश्वरस्थित आइप्लेक्स मलमा उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन्। फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा रहेका छन्।

अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्म गत वर्ष प्रदर्शन भएको थियो । अन्य दुई फिल्म ‘जारी’ र ‘बिहे पास’सँग एकसाथ प्रदर्शनमा आएको थियो।

प्रर्याप्त शो नपाएको भन्दै रिलिजको दोस्रो दिनमै फिल्मको प्रदर्शन स्थगित गरिएको थियो । अब यो फिल्म फेरि प्रदर्शनमा आउने निश्चित भएको हो।

फिल्ममा सरस्वती खत्री, प्रकाश कंडेल, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदिप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, सोनु सेढाईलगायत कलाकारहरु पनि रहेका छन्।

प्रकाशित मिति: १७:३३ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्