Kathmandu Press

नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट ल्याएका थिए अग्रवालले मेडिकल सामग्री

काठमाडौं, चैत २६ : शंकर ग्रुपका व्यवसायी सुलभ अग्रवालले कालोबजारी गरेका सामानहरु नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट ल्याएको पाइएको छ। मंगलबार काठमाडौ....

नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट ल्याएका थिए अग्रवालले मेडिकल सामग्री
फाइल

काठमाडौं, चैत २६ : शंकर ग्रुपका व्यवसायी सुलभ अग्रवालले कालोबजारी गरेका सामानहरु नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट ल्याएको पाइएको छ। मंगलबार काठमाडौंबाट प्रहरीले शंकर ग्रुपका उपाध्यक्ष अग्रवाललाई कालोबजारी गर्दै गर्दा नक्साल बालमन्दिरबाट पक्राउ गरेको थियो।

उनले साढे ३ हजार रुपैयाँ प्रतिगोटा पर्ने ज्वरो नाप्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेच्दै गर्दा अग्रवाल पक्राउ परेका थिए। अग्रवालले कालोबजारी गरेका ती सामग्रीहरु नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट आएको पुष्टि भएको छ.। 

पर्यटनमन्त्री योगेश भट्टराई नै जमानी बसेर अग्रवालले वाइडबडी जहाजबाट चीनबाट समान ल्याएका थिए। उनले पीपीई, ज्वरो नाप्ने ‘थर्मल गन’ लगायतका कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यकीय ती सामग्री चार्टड विमानबाट ल्याइएको नेपाल एयरलाइन्स स्रोतले काठमाडौं प्रेसलाई बतायो। 

Hardik ivf

गत अप्रिल २ गते सो जहाजमा अग्रवालले ८ टन मेडिकल सामग्री ल्याएका थिए।  उनले व्यवसायीक प्रयोजनका लागि भनेर ल्याएका ती मेडिकल सामग्री बंगलादेशको एक कम्पनीसँगको सहकार्यमा उनले ल्याएका थिए। 

‘वाइडबडी जहाजले करिब २३ टन सामग्री बोक्न सक्थ्यो। तर, अग्रवालको एकलौटी सिन्डिकेटका कारण अरुले सामान नै ल्याउन पाएनन्,’ एक व्यापारीले भने, ‘जहाज ८ टन मात्रै सामान बोकेर आएको थियो।’ 

स्रोतका अनुसार अग्रवालले बंगलादेशको फ्ल्यास फ्राइट कम्पनीका एक सञ्चालकसँग मिलेर मेडिकल समान नेपाल ल्याएका हुन्। अग्रवालले वाइडबडी जहाज बंगलादेशी फ्ल्यास फ्राइट कम्पनीको नाममा चार्टर गरेका थिए। 

नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले गत २ अप्रिलमा फ्ल्यास फ्राइट कम्पनीको नाममा वाइडबडी जहाज चार्टर भएको बताइन्।  अग्रवालले  पुनः चीनबाट मेडिकल सामान ल्याउन वाइडबडी जहाज चार्टर गर्न खोजिरहेका थिए। उनले आगामी १० अप्रिलका लागि वाइडबडी जहाज चार्टर गर्न खोजेको पाइएको छ। यस विषयमा काठमाडौंप्रेसले प्रश्नमा प्रवक्ता खड्काले कुरो भएको तर, पक्का भने नभइसकेको बताइन्। 

अग्रवाल सात दिन थुनामै 

कालोबजारी गर्दा पक्राउ परेको अग्रवाल अझै ७ दिन थुनामै रहने भएका छन्। 

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधबार अग्रवाललाई ७ दिन म्याद थप गरेको हो। जिल्ला प्रशासन कार्यालयले म्याद थप गरिदिएपछि उनीमाथि थप अनुसन्धान गर्न प्रहरीलाई बाटो खृुलेको छ। 

यो पनि 

कार्गो टेन्डरमा यती समूहलाई पोस्ने पूर्वएमालेका पाँच पर्यटनमन्त्री

यतीलाई ठेक्का दिलाउन पूर्वमन्त्री पोखरेल र अर्थसचिव ढुंगानाले यसरी ढाँटे अदालतलाई

यतीलाई नपरेपछि त्रिभुवन विमानस्थलको कार्गोको टेन्डर नै रद्द!
 

प्रकाशित मिति: १७:४० बजे, बुधबार, चैत २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्