Kathmandu Press

कोरोना परीक्षणका लागि तीन जिल्लाबाट नमूना संकलन

काठमाडौं, चैत २६ : सरकारले सुदुरपश्चिम र कर्णाली प्रदेशमा भारतबाट आएका मानिसहरुको नमूना संकलन गरेको छ।

बुधबार अछाम, सुर्खेत र जुम्लाबाट....

कोरोना परीक्षणका लागि तीन जिल्लाबाट नमूना संकलन

काठमाडौं, चैत २६ : सरकारले सुदुरपश्चिम र कर्णाली प्रदेशमा भारतबाट आएका मानिसहरुको नमूना संकलन गरेको छ।

बुधबार अछाम, सुर्खेत र जुम्लाबाट ८ सय २ नमुना संकलन गरि पीसीआर टेस्टको लागि काठमाडौं ल्याइएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा.विकास देवकोटाले बताए। 

कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारतबाट धेरैको संख्यामा नेपालीहरु सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्ला भित्रिएका छन्। कैलालीको एक समुदायमा कोरोनाको संक्रमण फैलिएपछि सरकारले र्‍यापिड टेस्टका लागि टोली परिचालन गरेको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १९ सय ६५ वटा र काठमाडौं बाहिर ४ सय ६१ वटानमूना परीक्षण गरिएको छ।

त्यस्तै, काठमाडौं र काठमाडौंबाहिर गरी कूल १ सय ३४ जनालाई आइसोलेसन कक्षमा राखिएको छ। काठमाडौंमा १२ जना र काठमाडौं उपत्यकाबाहिर १ सय २२ जना आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ।

यसैगरी क्वारेन्टाइनमा ८ हजार ५ सय ८० जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १७:३० बजे, बुधबार, चैत २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्