Kathmandu Press

कोरोना संक्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ

कैलाली, चैत २६ : कोरोना भाइरस (कोभिड-१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल....

कोरोना संक्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ

कैलाली, चैत २६ : कोरोना भाइरस (कोभिड-१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका- १ ब्लक नम्बर १० मा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका- २ का पवनकुमार भट्टराईलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

आफ्नो फेसबुक आइडीमार्फत 'कोरोना भाइरसको संक्रमित टीकापुर नगरपालिका- १ ब्लक नं. १० मा भेटियो' भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारवाहीका लागि भट्टराईलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको उनले बताए। उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको उप्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:०० बजे, बुधबार, चैत २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्