आज कर्णाली मुख्यमन्त्री विश्वासको मत लिँदै
साउन ७ गते माओवादीले समर्थन फिर्ता लिँदै सरकार छाडेपछि अल्पमतमा परेका कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट आज विश्वासको मत लिन लागेका हुन्।
सुर्खेत, साउन २१ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्।
साउन ७ गते माओवादीले समर्थन फिर्ता लिँदै सरकार छाडेपछि अल्पमतमा परेका कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट आज विश्वासको मत लिन लागेका हुन्।
माओवादीले सरकार छाडेपछि मुख्यमन्त्री कँडेलले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएका छन्। आइतबार मात्र उनले कांग्रेसबाट ४ मन्त्री नियुक्त गर्दैै सरकारलाई पूर्णता दिएका थिए।
कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य छन्।
कांग्रेस र एमालेले मिलेसँगै कँडेलले सहजै विश्वासको मत पाउने छन्।
प्रकाशित मिति: १०:२९ बजे, सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार