Kathmandu Press

भारतबाट मानिस आउनेक्रम नरोकिएपछि सीमाक्षेत्रमा २२९ चेकपोष्ट थप

वीरगञ्ज, चैत २६ : नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने मानिसको क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा ग....

भारतबाट मानिस आउनेक्रम नरोकिएपछि सीमाक्षेत्रमा २२९ चेकपोष्ट थप
Hardik ivf

वीरगञ्ज, चैत २६ : नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने मानिसको क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ। आठ जिल्लाका ४३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन उल्लङ्घन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम नरोकिएको भन्दै प्रदेश नं २ प्रहरीले सीमा क्षेत्रमा थप २२९ चेकपोष्ट थपेको हो। 

लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोष्ट सङ्ख्या बढाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तिलक सुनारले जानकारी दिए। यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको सङ्ख्या बढाइएको उनले बताए। 'प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेकपोष्ट थियो,' सूचना अधिकारी सुनारले भने, 'अहिले त्यसलाई बढाएर ३२९ पुर्‍याएका छौँ। भारतबाट नेपाल आउनसक्ने सम्भावित ठाउँमा चेकपोष्ट बनाइएको हो।'

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, चैत २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्