Kathmandu Press

गुरुदेव कामतको सम्मानमा मधेस प्रदेशमा राष्ट्रिय झण्डा आधा झुकाइयो

कामतको सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय शुक्रबार गरेको थियो। सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको हो।
गुरुदेव कामतको सम्मानमा मधेस प्रदेशमा राष्ट्रिय झण्डा आधा झुकाइयो

धनुषाा, साउन २० : मधेस प्रदेश सरकारले शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आइनबार राष्ट्रिय झण्डा आधा झुकाएको छ।

मृगौला रोगबाट पीडित गायक कामतको गत बिहीबार सिरहास्थित घरमै निधन भएको थियो।

Hardik ivf

कामतको सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय शुक्रबार गरेको थियो। सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको हो।

आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

‘गुरुदेवजीको सांगीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र संघर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम् क्षणसँग लड्दै शास्त्रीय तथा सुगम संगीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँ लागिरहनुभयो,’ शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सतीशकुमार सिंहले भनेका छन्।

सिरहाको पतारी गाउँपालिका–२ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो।

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्