Kathmandu Press

फिल्म ‘रोल नं १’ निर्माण हुने

सेभेन सिज सिनेमाको प्रस्तुती रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो।
फिल्म ‘रोल नं १’ निर्माण हुने

काठमाडौं, साउन २० : बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नं १’ निर्माण हुने भएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुती रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो।

Hardik ivf

फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ। फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ। उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाइरहेकी एक शिक्षिका देख्न सकिन्छ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ। फिल्मकाे अन्य टिमकाे बारेमा भने जानकारी दिइएकाे छैन।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ। यो व्यानरको अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सुटिङ पुरा भई यतिबेला पोस्ट प्रोडक्सनमा छ।

 

प्रकाशित मिति: १४:४५ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्