Kathmandu Press

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध

शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध
Hardik ivf

दाङ, साउन २० : टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ।

शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

मोटरराइकलको चालकको मृत्युपछि आफन्तले क्षतिपूर्तिको माग गर्दै कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन्। उनीहरूले अहिले पनि सडकमा नाराबाजी गरिरहेका छन्।

प्रकाशित मिति: ११:१७ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्