Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

प्रदेश प्रमुख मियाँले आज (आइतबार) साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं, साउन २० : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि शुक्रबार दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुख मियाँले आज (आइतबार) साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिए ।

Hardik ivf

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: ०८:१७ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्