Kathmandu Press

नेपाल आइडलका प्रविन बेडुवालको नक्कली फेसबुक आइडी बनाएर ठगी 

काठमाडौं, चैत २६ : सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’का बलिया प्रतिस्पर्धी हुन् प्रविन बेडुवाल। खासगरी सुगम संगित गाएर दर्शक श्रोताका मन....

नेपाल आइडलका प्रविन बेडुवालको नक्कली फेसबुक आइडी बनाएर ठगी 

काठमाडौं, चैत २६ : सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’का बलिया प्रतिस्पर्धी हुन् प्रविन बेडुवाल। खासगरी सुगम संगित गाएर दर्शक श्रोताका मन जितेका उनले अन्य गीत पनि उत्तिकै मिठासपूर्ण गाउँछन्। त्यसैले त जजहरुले उनलाई दिएको उपमा हो, ‘उस्ताद’। फाइनल नजिक पुगेको प्रतियोगिता कोरोना भाइरसका कारण रोकिएको छ।

यही बेला बेडुवालको नाम जोडेर ठगी समेत भएको छ। उनको नाममा नक्कली फेसबुक आइडी बनाएर ठगी भएको हो। उनले आफ्नो फेसबुक मार्फत उक्त जानकारी दिएका छन्। मंगलबार राति स्टाटस लेख्दै उनले पाँच हजार ठगी भएको जनाएका हुन्। उनले मेहनत गरेर बनाएको नामलाई बिगार्न खोजिएको भन्दै दुःख व्यक्त गरेका छन्।

‘म प्रविन बेडुवाल हुँ, मलाई इसेवामा पाँच हजार पठाइदिनुस न म पछि दिन्छु, भन्दै फेक एकाउन्टमार्फत भिख माग्नुभएको रहेछ,’  उनले भनेका छन्, ‘जोसँग माग्नु भएको हो। उहाँले आज मेरो फ्यान पेजबाट नम्बर पाएर कल गरेर गुनासो गर्नुभयो। प्लिज यसरी धोका नखानुस्। मैले धेरै दुःख र मेहनत गरेर हजुरको मनमा आफ्ना लागि केही ठाँउ बनाएको छु। त्यो कसैको मजाकले बरबाद नपरोस्। फेक आइडीमा जति जना साथी हुनुहुन्छ, अनफ्रेन्ड गरिदिनुहोस्।’

उनले जबसम्म आफ्नो भ्वाइस म्यासेज पाउनुहुन्न तबसम्म वास्तविक आइडीलाई पनि विश्वास नगर्न भनेका छन्। ठगी गर्ने मान्छे भने अहिलेसम्म पत्ता लागेको छैन।

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, चैत २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्