Kathmandu Press

कर्णालीका मुख्यमन्त्री कँडेल सोमबार विश्वासको मत लिने

केन्द्रमा सत्ता गबन्धन परिवर्तन भएपछि माओवादीलगायत दलले सरकार छाडेपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्।
कर्णालीका मुख्यमन्त्री कँडेल सोमबार विश्वासको मत लिने

सुर्खेत, साउन १९ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी सोमबार विश्वासको मत लिने भएका छन्।

विश्वासको मतका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्।

Hardik ivf

केन्द्रमा सत्ता गबन्धन परिवर्तन भएपछि माओवादीलगायत दलले सरकार छाडेपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले गत १३  वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए।

४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउनका लागि २१ जनाको समर्थन पाउनुपर्छ। प्रदेशसभामा एमालेका १० र कांग्रेस १४ सांसद छन्।

प्रकाशित मिति: २०:५७ बजे, शनिबार, साउन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्