Kathmandu Press

‘रावायण’को टिजर सार्वजनिक

टिजर सार्वजनिकपछि सञ्चाकरर्कीहरुसँग निर्देशक सुदर्शन थापाले रोमान्टिक फिल्म मात्र निर्माण गरिरहेको भएकाले रावायण आफ्नो लागि चुनौतीपूर्ण रहेको बताए।
‘रावायण’को टिजर सार्वजनिक

काठमाडौं, साउन १८ : सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘रावायण’ को टिजर सार्वजनिक भएको छ।

शुक्रबार काडमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्म ‘रावायण’को टिजर सार्वजनिक गरिएको हो।

Hardik ivf

फिल्ममा पल साह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाललगायतको अभिनय छ। सार्वजनिक टिजरमा अभिनेता पल शाहको एक्सनलाई मूख्य प्राथमिकताकासाथ देखाइएको थियो।

टिजर सार्वजनिकपछि सञ्चाकरर्कीहरुसँग निर्देशक सुदर्शन थापाले रोमान्टिक फिल्म मात्र निर्माण गरिरहेको भएकाले रावायण आफ्नो लागि चुनौतीपूर्ण रहेको बताए।

फिल्ममार्फत आफूले आफंैलाई पनि केही परिवर्तन गर्ने कोसिस गरेको बताउँदै उनले चलिआएको फिल्मभन्दा फरक गर्ने कोसिस गरेको बताए। उनले फिल्म दर्शकले मन पराउछन् भन्नेमा आफू विश्वस्त रहेको बताए।

त्यस्तै नागिका पुजा शर्माले आफ्नो टिमले मेहनतका साथ फिल्म बनाएको भन्दै दर्शकले फिल्म मन पराएर साथ दिनेछन् भन्ने आशा राखेको बताइन्।

शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व रहेको भदौ २१ गते रिलिज हुनेछ।

प्रकाशित मिति: १६:४६ बजे, शुक्रबार, साउन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्