Kathmandu Press

कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा करिब दुई अर्ब जम्मा

काठमाडौं,चैत २६ : सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्थापना गरेको कोषमा करिब दुई अर्ब रुपैयाँ सङ्कलन भएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा करिब दुई अर्ब जम्मा

काठमाडौं,चैत २६ : सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्थापना गरेको कोषमा करिब दुई अर्ब रुपैयाँ सङ्कलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मंगलबारसम्म एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ कोषमा जम्मा भएको छ। 

उनका अनुसार मंगलबारमात्र एक करोड ८० लाख ५३ हजार ४२७ रुपैयाँ कोषमा जम्मा भएको छ । कोषमा सोमबारसम्म एक अर्ब ८३  करोड ७७ लाख ८० हजार ६२० सङ्कलन भएको थियो।

सरकारले कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुने क्रम बढेको छ।

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, चैत २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्