Kathmandu Press

किताब जात्रा सुरु, अर्थमन्त्री र शिक्षमन्त्रीले गरे उद्घाटन

जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताए।
किताब जात्रा सुरु, अर्थमन्त्री र शिक्षमन्त्रीले गरे उद्घाटन

काठमाडौं, साउन १८ : किताब जात्राको छैटौं संस्करण शुक्रबारबाट सुरु भएको छ।

लेखक र पाठकबीच अन्तरंग विमर्श हुने यस जात्राको शुक्रबार शिक्षामन्त्री विद्या भट्टराई र अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे।

Hardik ivf

जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताए।

मुलुकमा राजनीतिक स्थायित्वका लागि योगदान सबैले हातेमालो गर्दै  आर्थिक, सामाजिक रुपान्तरण र विकासका लागि सहकार्य गर्नुपर्ने पौडेलले बताए।

‘आज देशको साझा उद्देश्य ‘समृद्ध नेपाल सुखी नेपाली’ हो। उक्त उद्देश्यमार्फत राष्ट्रिय आकांक्षालाई हासिल गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट राजनीतिक स्थायित्वका लागि योगदान दिन जरुरी छ,’ उनले भने, ‘आर्थिक, सामाजिक रुपान्तरण र विकासका निम्ति पनि योगदान दिन जरुरी छ। यस राष्ट्रिय चाहनालाई शिक्षा र चेतनाको माध्यमबाट योगदान दिनका लागि सबैलाई हार्दिक धन्यावाद दिन चाहन्छु।’

किताब जात्राको छैटौं संस्करण सुरु भएकोमा खुशी व्यक्त गर्दै उनले जात्रालाई अविचलित र अविराम अगाडि बढाउन सुझाए।

समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि आयोजना हुने हरेक प्रकारका कार्यक्रमहरुलाई सरकारको पूर्ण साथ र सहयोग रहेको उनको भनाइ छ।

 

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, साउन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्