कर्णालीमा अर्थ मन्त्रालयसहित शाहको नेतृत्वमा कांग्रेस सरकारमा
शाहलाई अर्थमन्त्री दिइएको छ भने सांसद सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालय र विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालयको जिम्मेबारी दिइएको छ।
काठमाडौं, साउन १८ : कर्णाली प्रदेशमा सांसद राजीवविक्रम शाहको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सामेल भएको छ।
शाहलाई अर्थमन्त्री दिइएको छ भने सांसद सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालय र विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालयको जिम्मेबारी दिइएको छ।
कांग्रेसबाट मन्त्रीको नाम मुख्यमन्त्री यमलाल कँडेललाई बुझाइएको छ। आजै प्रदेश प्रमुखबाट शपथ ग्रहण हुने तय भएको छ।
प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार