सामाखुसीको सिटी स्क्वायर मलमा क्यूएफएक्सको नयाँ हल
हलका सबै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्केष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको संचालक सुमित मैनालीले बताएका छन्।काठमाडौं, साउन १८ : काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ।
अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा सिनेमा हलको उद्घाटन गरे।
तीनवटा पर्दा रहेको सुविधा सम्पन्न हलमा ४९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्छन्। सिटी स्क्वायर मलको नवौं तल्लामा खुलेको हलको ११औं र १२औं तल्लामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेको खण्डमा कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ। हरेक पर्दामा सोफा सेटसहित सुतेर समेत सिनेमा हेर्ने सिटहरु जडान गरिएको छ।
हलका सबै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्केष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको संचालक सुमित मैनालीले बताएका छन्।
कार्यक्रममा हल उद्घाटन गर्न पुगेका कलाकर्मीहरुले पनि साउन्ड क्वालिटी र प्रोजेक्सनको खुलेर तारिफ समेत गरेका थिए। करिब १८ करोडको लागतमा निर्माणमा ल्याईएको यो सिनेमा हललाई नेपालकै अग्रडी मल्टीप्लेक्स चेन क्यूएफएक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिएको छ।
सामाखुसीलाई सेन्ट्रल बनाएर हेर्दा यो हलमा सिनेमा हेर्नका लागि टोखा, गंगबु, बुढानिलकण्ठ तथा नारायणगोपाल चोकका दर्शकलाई पायक पर्ने क्युएफएक्सले दाबी पनि गरेको छ।