Kathmandu Press

व्यवसायी अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, चैत २६ : थर्मोगन महंगोमा बिक्री गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राखिने भएको छ।

बुधबार काठमाडौं....

व्यवसायी अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, चैत २६ : थर्मोगन महंगोमा बिक्री गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राखिने भएको छ।

बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई थप सात दिन हिरासतमा राख्न अनुमित दिएको हो। अनुमतिका लागि प्रहरीले उनलाई आज दिउसो जिल्ला प्रशासन कार्यालय लगेको थियो।

व्यवसायी अग्रवाललाई मंगलबार पक्राउ गरिएको थियो। उनले थर्मोगनलाई १५ हजारमा बिक्री गरिरहेको आरोप लागेको छ।

 

प्रकाशित मिति: १४:०० बजे, बुधबार, चैत २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्