Kathmandu Press

मेलम्ची नदीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
मेलम्ची नदीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह
फाइल फोटो
Hardik ivf

काठमाडौं, साउन १८ : सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ । नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । 

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।  

प्रकाशित मिति: ०८:०० बजे, शुक्रबार, साउन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्