Kathmandu Press

टानको साधारण सभा भदौ १७ मा हुने, नेतृत्वका लागि पर्यटन व्यवसायी दौडधुपमा

बुधबार बसेको टानको बैठकले वार्षिक साधारणसभा भदौ १७ गतेका लागि गर्ने निर्णय गरेको टानका कोषाध्यक्ष पुरुषोत्तम तिमिल्सिनाले जानकारी दिए।
टानको साधारण सभा भदौ १७ मा हुने, नेतृत्वका लागि पर्यटन व्यवसायी दौडधुपमा

काठमाडौं, साउन १७ : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को बार्षिक साधारणसभा एवम निर्वाचन भदौ १७ गते हुने भएको छ।

बुधबार बसेको टानको बैठकले वार्षिक साधारणसभा भदौ १७ गतेका लागि गर्ने निर्णय गरेको टानका कोषाध्यक्ष पुरुषोत्तम तिमिल्सिनाले जानकारी दिए।

Hardik ivf

साधारणसभाले टानको आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ। टान पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन हो।

टानको साधारणसभा घोषणा भएसँगै नयाँ नेतृत्वका लागि दौडधूप सुरु भइसकेको छ। राजेन्द्रप्रसाद सापकोटा, सागर पाण्डे, केशव पाण्डे, नविन त्रिताल र रामशरण थपलियालगायत अध्यक्षको दौडमा छन्।

नेतृत्व लिन दर्जन वढी आकाक्षी रहेता पनि राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, साउन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्