Kathmandu Press

मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालन स्वीकृत दिन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितमा बसेको समितिको बैठकले काुननी मापदण्डा पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्नेगरी स्वीकृत दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई निर्देशन दिएको हो।
मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालन स्वीकृत दिन निर्देशन

काठमाडौं, साउन १७ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन विहीबार निर्देशन दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितमा बसेको समितिको बैठकले काुननी मापदण्डा पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्नेगरी स्वीकृत दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई निर्देशन दिएको हो।

परिषद ऐन, २०५४ र राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा आवश्यक संशोधन गरी स्वीकृत दिनुपर्ने निश्कर्ष समितिले निकालेको छ।

नर्सिङ कलेज सञ्चालन गर्न कानुनी र व्यावहारिक जटिलताले समस्या भोग्नुपरेको भन्दै विभिन्न शैक्षिक संस्थाहरूबाट समितिमा निवेदन समेत परेको थियो।

समिति बैठकमा नर्सिङ कलेज सञ्चालन गर्नबाट वञ्चित भएका संस्थाहरू, सिटिइभिटी, चिकित्सा शिक्षा आयोग र समितिका सांसदबीच भएको छलफलपछि निर्देशन दिइएको हो।

प्रकाशित मिति: २०:१६ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्