Kathmandu Press

सेप्टेम्बरको पहिलो साता प्रधानमन्त्री ओली थाइल्यान्ड भ्रमणमा जाने

थाइल्यान्डमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन ओली भ्रमणमा जान थालेका हुन्।
सेप्टेम्बरको पहिलो साता प्रधानमन्त्री ओली थाइल्यान्ड भ्रमणमा जाने

काठमाडौं, साउन १७ : प्रधानमन्त्री केपी शर्मा ओली आगामी सेप्टेम्बरको पहिलो साता थाइल्यान्ड र अमेरिकाको भ्रमणमा जाने तय भएको छ।

प्रधानमन्त्री ओलीले सुरुमा थाइल्यान्ड र त्यसपछि अमेरिकाको भ्रमण गर्ने भएका छन्। थाइल्यान्डमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन ओली भ्रमणमा जान थालेका हुन्।

Hardik ivf

आगामी सेप्टेम्बर ४ मा बैंककमा सम्मेलन आयोजना हुँदैछ। परराष्ट्र मन्त्रालय स्रोतले जनाए अनुसार त्यसअघि नै प्रधानमन्त्री ओली भ्रमणका लागि प्रश्थान गर्ने छन्।

बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डसहित राष्ट्र सदस्य छन्। शिखर सम्मेलनमा सम्बद्ध सदस्य राष्ट्रका राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख उपस्थित हुँदैछन्।

थाइल्याण्डबाटै प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा जाने भएका छन्। राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, साउन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्