Kathmandu Press

सिधाकुरा अवहेलना मुद्दामा भदौ ६ मा फैसला हुने

सर्वोच्च अदालतले उक्त मुद्दामा १५ दिनभित्रै बहस नोट पेस गर्न पक्षविपक्षका कानुनव्यवसायीलाई आदेश दिएको छ।
सिधाकुरा अवहेलना मुद्दामा भदौ ६ मा फैसला हुने

काठमाडौं, साउन १७ : सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलविरुद्ध दायर भएको अवहेलना मुद्दामा आगामी भदौ ६ गतेका लागि फैसलाको मिति तोकिएको छ।

सर्वोच्च अदालतले उक्त मुद्दामा १५ दिनभित्रै बहस नोट पेस गर्न पक्षविपक्षका कानुन व्यवसायीलाई आदेश दिएको छ।

Hardik ivf

‘सिधा कुरा’ ले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको सामग्रीमा सर्वोच्च अदालतका न्यायाधीश र कानुनव्यवसायीलाई समेत मुछेर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गर्दै प्रसारण गरेपछि अवहेलना मुद्दा दाय भएको थियो।

सर्वोच्च अदालतले अन्तिम सुनुवाई गरी फैसलाका लागि प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल संलग्न न्यायाधीशको बृहत् इजलास गठन गरेको हो।

सिधाकुरा अवहेलना प्रकरणमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो। प्रसारित सामग्रीमा प्रयोग भएको अडियोलाई फरेन्सिक परीक्षणले ‘फेक’ प्रमाणित गरिसकेको छ।

प्रकाशित मिति: १९:३२ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्